Preeti PDF to Unicode (Beta) · प्रीति PDF बाट युनिकोड (बिटा)
Free Preeti to Unicode PDF converter: turn old Nepali PDFs in Preeti or Kantipur into editable Unicode text or Word (.docx), tables included. Runs in your browser — no upload.
Conversion runs entirely in your browser — no file is uploaded.
Beta — नतिजा मूल PDF सँग मिलाएर जाँच्नुहोस्।
तपाईंको फाइल browser बाहिर जाँदैन।
About this tool & FAQ
Preeti PDF बाट copy गर्दा `g]kfn` किन आउँछ
पुराना सरकारी सूचना, गजेट र पुस्तकका धेरै PDF Preeti वा Kantipur जस्ता legacy font मा टाइप गरिएका हुन्छन्। त्यस्तो PDF ले अक्षर होइन, कुन किबोर्ड key थिचिएको थियो त्यही सङ्केत भित्र राखेको हुन्छ, र font ले ती सङ्केतलाई देवनागरीको आकारमा आँखाले देख्ने गरी कोर्छ। त्यसैले स्क्रिनमा "नेपाल" देखिए पनि copy गरेर टाँस्दा `g]kfn` जस्तो अर्थहीन अङ्ग्रेजी अक्षर आउँछ। Search, Word मा सम्पादन र मोबाइलमा पढ्ने काम सबै यहीँ अड्किन्छ। समाधान भनेको ती सङ्केतलाई फेरि सही Unicode देवनागरीमा बदल्नु हो।
यो tool ले के गर्छ
PDF भित्रको हरेक text run को font नाम पढेर मात्र निर्णय गरिन्छ: Preeti, Kantipur वा PCS Nepali परिवारका run मात्र Unicode मा बदलिन्छन्। अङ्ग्रेजी वा पहिल्यै Unicode रहेको text जस्ताको तस्तै रहन्छ, त्यसैले पूरै लाइनलाई एकैपटक बदलेर अङ्ग्रेजी शब्द बिगार्ने समस्या हुँदैन। रेखाले घेरिएका table लाई सेल र पङ्क्तिसहित फेरि बनाइन्छ; रेखा नभएको तर table जस्तो देखिने ठाउँ पक्का नभए "table हुन सक्छ" भनेर चिन्ह लगाइन्छ, अनुमानमा table बनाइँदैन। नतिजा स्क्रिनमा हेर्न, text copy गर्न, .txt वा .docx download गर्न सकिन्छ। सबै काम तपाईंको browser भित्रै हुन्छ।
सीमाहरू
यो बिटा संस्करण हो र नतिजा सधैं मूल PDF सँग मिलाएर जाँच्नुपर्छ। (१) Scan गरिएका PDF मा text layer हुँदैन, तिनलाई OCR चाहिन्छ — त्यो सुविधा चाँडै आउँदैछ। (२) दुई स्तम्भ भएको layout (जस्तै गजेट) मा पढ्ने क्रम गलत हुन सक्छ। (३) Preeti को `M` कहिले विसर्ग (ः) र कहिले colon (:) हुन सक्छ, त्यसैले त्यहाँ हातले जाँच्नुहोस्। (४) legacy font का केही दृश्य आकारको एउटै सही Unicode हुँदैन; शब्दकोशमा आधारित सुधार पछि थप्ने योजना छ। (५) सजावटका लागि एकपछि अर्को छापिएको शीर्षकमा अक्षर वा चिन्ह दोहोरिएर देखिन सक्छ। (६) "क्र" Preeti को `qm` बाट होइन, आकार हेरेर `j|m` गरी टाइप गरिएको छ भने गलत रूपान्तरण हुन्छ (जस्तै "पाठ्यक्रम" को सट्टा "फाठ्यव्रम")। (७) Word बाट Kokila जस्ता Unicode font मा बनाइएका धेरै PDF को text PDF भित्रै बिग्रिएको हुन्छ (जस्तै "प्र शासन", "सहसकिव")। यो tool ले त्यस्तो PDF पत्ता लगाएर चेतावनी दिन्छ, तर सही text निकाल्न OCR चाहिन्छ।
How it works
Old Nepali PDFs set in Preeti or Kantipur store keyboard letters, not Devanagari characters; the font only draws them as Devanagari, which is why copied text looks like `g]kfn`. This tool reads the font name of every text run in your PDF and converts only runs in the Preeti, Kantipur or PCS Nepali families to Unicode, leaving English and already-Unicode text untouched. Bordered tables are rebuilt as real tables; regions that look like a borderless table but are not certain enough are flagged as possible tables rather than guessed. You can review the detected fonts, change any font's type, then copy the text or download .txt or .docx (Kalimati or Noto Sans Devanagari). Everything happens in your browser. Known limits: (1) scanned PDFs need OCR (coming); (2) two-column layouts such as gazettes may read in the wrong order; (3) Preeti `M` can mean visarga (ः) or colon; (4) some legacy-font visual forms have no single correct Unicode, and dictionary-based correction is planned for later; (5) decorative overprinted titles may show repeated marks; (6) when क्र was typed visually as `j|m` instead of Preeti's `qm`, it converts incorrectly (for example "फाठ्यव्रम" instead of "पाठ्यक्रम"); (7) many PDFs saved from Word in Unicode fonts such as Kokila carry a broken text layer ("प्र शासन", "सहसकिव") — the tool detects this and warns you, but correct text needs OCR.
FAQ
- Is my file uploaded?
- No. The PDF is read and converted entirely in your browser; nothing is sent to any server.
- Why is a font marked "अनुमानित" (guessed)?
- The font's name is not one we recognise, so its type was guessed from the text. Check the original and converted samples in the font table and change the type if the guess is wrong.
- Why is a section shown as "table हुन सक्छ" (may be a table)?
- The columns line up, but not certainly enough to call it a table. We never guess a table, so the section is shown as plain tab-separated text for you to check.
- Does it work on scanned PDFs?
- Not yet. Scanned pages are images without text and need OCR, which is coming; they are listed as warnings.